काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवाका लागि पाँच जना प्रहरी नायब महानिरीक्षक डीआईजीको नाम सिफारिस गरेको छ ।
मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सोही समूहतर्फका पाँच जना प्रहरी नायब महानिरीक्षकको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिस हुनेहरूमा उत्तमराज सुवेदी, अरुण कुमार बि।सी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।