नयाँ दिल्ली – भारतमा कोरोनाले एकैदिन ४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोरोना संक्रमण देखिएकोमा ४६ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ।
योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ।
यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो। मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ।
भारतमा कोरोनाले एकैदिन ४६ जनाको मृत्यु
भारतमा कोरोनाले एकैदिन ४६ जनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु