अछाम – साँफेबगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेन्द्रबहादुर कुवँरले बुधवार पदभार ग्रहण गरेका छन्। जिल्ला अदालत अछाममा सपथ ग्रहण गरे लगत्तै नगर प्रमुख कुवँरले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण पश्चात नवनिर्वाचित नगर प्रमुख कुवँरले नगरभित्रका विपन्न वर्गका हरेक परिवारको मासिक २५ युनिटसम्मको महसुल नि ः शुल्क गर्ने पहिलो निर्णय गरेका छन्। उनले गरिब परिचयपत्रको आधारमा विपन्न परिवारको २५ युनिटसम्मको विद्युत महसुल नगरले भुक्तानी गर्ने बताए। भने, ‘सामान्य २० युनिट मात्र बिजुली बाल्नेले ३० रुपैयाँ तिर्न विद्युत कार्यालमा पुगेर ५ देखि एकहजारसम्म खर्च गर्नुपर्छ, यसमा सबैभन्दाबढी विपन्न दलित समुदाय मारका परेका छन्। यो निर्णयले ति विपन्न परिवारलाई राहत मिल्ने छ।’
प्रमुख कुवँरले आर्थिक वर्ष २०७९र८० मा प्रत्येक घरमा बिजुली र प्रत्येक टोलमा सडक, हरेक टोलका खानेपानीको समस्या यथाशिघ्र समाधान गर्ने, शिक्षामा गुणस्तर ल्याउनका लागि कक्षा ३ देखि ५ सम्मको परिक्षा नगरस्तरिय गर्ने र कृषि पेशालाई सम्मानित र आकर्षक बनाउन किसान विकास कोष कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेका छन्।
उनले नितान्त जनताको सेवा गर्ने र नगरको विकास गर्ने उदेश्यका साथ आएको भन्दै आफूलाई कुनै लोभलालच नभएको स्पष्ट पारे।
नगरका प्रत्येक गाउँ टोलको समस्याले नजिकबाट आफू बुझेको भन्दै चुनावका बेला गरेको सबै प्रतिबद्धता ५ वर्षको अवधिका पूरा गरेर छाड्ने प्रतिबद्धता जनाए।
साँफेबगरले मासिक २५ यूनिट बिद्युत महसुल निःशुल्क गर्ने
साँफेबगरले मासिक २५ यूनिट बिद्युत महसुल निःशुल्क गर्ने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु