पोखरा – जोमसोमका लागि पोखरा विमानस्थलवाट उडेको तारा एयरको विमान वेपत्ता भएपछि पोखरा विमानस्थलमा आफन्तहरुको रुवाबासी चलेको छ ।
खराव मौषमका कारण जोमसोम विमानस्थलमा नपुग्दै घाँसा क्षेत्रमा जहाज हराएपछि चिन्ताले व्याकुल आफन्तहरु पोखरा विमानस्थलमा रुदै आइपुगेका हुन ।
पोखरा विमानस्थलवाट ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको ढल्(ब्भ्त् कल साइन भएको ट्वीनेटर जहाज विहान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्नेमा विहान ११ बजेसम्म अझै सम्पर्कमा आएको छैन ।
खराव मौषमका कारण तारा एयरको जहाज गम्भिर दुर्घटनामा परेको आशंकापछि रुदै पोखरा विमानस्थलमा जम्मा भएका आफन्तहरुको रुवावासीले विमानस्थलको वातावरण कारुणीक बनेको छ ।
तारा एयरको विमानस्थानमा लेतेको लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ । घाँसा भन्दा माथिले लेते र त्यस माथी लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कडेले जानकारी दिए ।
लाजुङ आपसापसका गाउँका बासिन्दाले जहाज उडेको र ठुलो आवाजसहित विस्फोटको आवाज सुनिएको स्थानीय सुरक्षा निकायलाई जानकारी दिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । पोखरादेखिको जोमसोमसम्मको हवाई मार्ग रहेको क्षेत्रमा विहानैदेखि मौषम बादलिएको र सिमसिम पानी परेकोले पनि खोजिका लागि उडेका हेलिकप्टर जोमसोममै फर्किएका छन ।
तस्वीरहरु – उमेश पुन र राधि कँडेल