काठमाडौँ – आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटना परेको तारा एयरको ट्विनअटरको ब्ल्याक बक्स भेटिएको छ ।
शव संकलन तथा खोजी गर्न गएको टोलीले मंगलबार बिहान फेला पारी कोवाङ ल्याएको विमानको ककपिट भ्वाइस रेकर्डर ब्ल्याक बक्स काठमाडौं पठाउँदै गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
ब्ल्याकबक्सबाट दुर्घटनाको अन्तिम बेलासम्म चालक दलबीच भएका कुराकानीसँगै अन्य विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।दुर्घटनास्थलबाट ब्ल्याकबक्स समेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्त्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए ।
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव संकलन भएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९स् ५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको हो ।
दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स भेटियो
दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स भेटियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु