तनहुँ – टिपरको ठक्करवाट शनिवार साँझ तनहुँको व्यास नगरपालिका १२ देउरालीमा स्कुटर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ का २१ वर्षीय ईश्वर क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ करिब ६ बजे घाँसीकुवा १२ देउरालीमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते ईश्वरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।
टिपरको ठक्करवाट स्कुटर चालकको मृत्यु
टिपरको ठक्करवाट स्कुटर चालकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु