बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ।
आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको आगोमा परी हालसम्म १९ जनाको मृत्यु भएको हो।
त्यहाँको अग्नि सेवाका अधिकारी जलाल अहमदका अनुसार सो आगलागीमा परी कम्तिमा सय जना घाइते भएका थिए।
घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० प्रतिशतदेखि ९० प्रतिशत भाग जलेको छ, घाइतेको उपचार गरिरहेका अस्पतालका एक चिकित्सकले जनाएका छन्।
स्रोतका अनुसार अनुसार डिपोमा करिब ६०० जनाले काम गरेका थिए। अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए।
आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्निनियन्त्रकसहित दर्जनौँ घाइते भएका हुन्।आगलागीको कारण भने खुल्न सकेको छैन।