भरतपुर – सेफ्टी टंकी सफा गर्नेक्रममा चिप्लिएर खसेका व्यक्तिलाई उद्धार गर्न जादा भरतपुर ११ तमुटोलमा उद्धारकर्ताको समेत मृत्यु भएको छ । बुधबार बेलुकी ६ः३० बजेको समयमा भरतपुर १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरको सेफ्टी टंकीमा घटना भएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ बस्ने २४ वर्षीय छतिराम थारु अचानक चिप्लिएर टंकीमा खसेपश्चात् सँगै काम गरिरहेको वर्ष २३ को राम चौधरी थारुलाई निकाल्न भित्र पसेकोमा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिएसपी नरहरि अधिकारीका अनुसार साँझ साढे ६ बजेतिर सफा गर्ने क्रममा छतिराम थारू चिप्लेर ट्यांकीमा खसेका थिए । छतिराम र राम साला-भेना रहेको प्रहरीले जनाएको छ ।
घटनापछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि गएको थियो । दुवैको शव निकालेर पोस्टमार्टममा लागि साँझ ८ बजेर ५५ मिनेट जाँदा भरतपुरको सरकारी अस्पताल पठाएको डिएसपी अधिकारीले बताए ।