चितवन – पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका -४ नाग्दी खोलामा पहिरो गएको छ । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ ।
अहिले बिहानबाट पहिरो हटाउन सुरू भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् ।
यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक-पटक अवरूद्ध हुने गरेको छ ।
नाग्दी खोलाको पहिरोले पृथ्वीराजमार्ग अवरूद्ध
नाग्दी खोलाको पहिरोले पृथ्वीराजमार्ग अवरूद्ध

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु