काठमाडौं – सेयर बजारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा बन्द भएको छ। नेप्से घटेसँगै सेयर कारोबार ८९ करोडमा खुम्चिएको छ।
कारोबारको अघिल्लो दिन बिहीबार नेप्से १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा अडिएको थियो। सो दिन एक अर्ब ४७ करोड बढीको सेयर कारोबार भएको थियो।
यसअघि बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा अडिएको थियो। सो दिन २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३५ लाख ६ हजार ६०८ रुपैयाँमा कारोबार भएको थियो। आज २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता सेयर ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँमा खरिदबिक्री भयो।
दोहोरो अंकले बजार घटेपनि ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
ग्रीनभेन्चर,उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको हो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक घटेको छ।मनु एन्ड प्रो समूहको सूचक सर्वाधिक २.०२ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ५ करोड बढीको सेयर कारोबार भयो।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक ४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।