तनहुँ – चितुवा आतंक रहेको तनहुँमा फेरि एक बालिका चितुवाको आक्रमणबाट घाइते बन्न पुगेकी छिन ।
बन्दिपुर गाउँपालिका ४ टावरमा शनिबार बेलुका साढे ८ बजे चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाँटीमा चोट लागेकी स्थानीय ८ वर्षीया रियाना थापाको डुम्रेमा उपचार गरिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
बजारबाट आमाबुवा घर आउँदै गरेको देखेर घरबाहिर निस्किएकी बालिकालाई चितुवाले आक्रमण गरेको बताइएको छ । बुबाआमा दौडिएर आउने बित्तिकै चितुवा भागेको थियो ।
चितुवाको दुई वटा नंग्राले बालिकाको घाँटीमा चिथोरेको छ । तनहुँको बन्दीपुरमै गत वर्ष पनि चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो ।
बन्दिपुरमा चितुवाको आक्रमणबाट बालिका घाइते
बन्दिपुरमा चितुवाको आक्रमणबाट बालिका घाइते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु