दमौली – खोलामा पौडी खेल्नेक्रममा डुवेर तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा आइतवार दुइ जनाको मृत्यु भएको छ । खोलामा माछा मार्न गएका उनीहरु पौडी खेल्दै गर्दा डुवेका प्रहरीले जनाएको छ ।
पौडी खेल्दा खेल्दै डुवेर मृत्यु भएका भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङको शवलाई स्थानीयवासीको सहयोगमा प्रहरीले खोलाबाट निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
खोलामा पौडी खेल्दा डुवेर दुइ युवकको मृत्यु
खोलामा पौडी खेल्दा डुवेर दुइ युवकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु