गोरखा खोलाको कटान रोक्न पहल नगरिदा भीषण बर्षाले पाकेर भित्रयाउन ठिक्क परेको धानवाली बाढीले सोत्तर पारेको छ ।
जिल्लाका विभिन्न स्थानमा बर्षेनी खोला किनाराका खेतमा बर्षा र बाढिले धानखेति र अन्य बालिमा व्यापक क्षति गर्दै आएपनि सरोकारवाला निकायले खोलाको कटान रोक्ने योजना अघि सारेका छैनन ।
तीन दिनअघि घनघोर बर्षासगै आएको बाढिले खोला र नदी किनारामा लहलह झुलेको चैते धान, असारे धानको बिउ, मकैसहितका बालि सोत्तर पारेकोले बर्षभरी परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ताले किसानहरु पिरोलिएका छन ।
बाढीले पालुङटार नगरपालिका–९ का छविलाल कुमालको तीन रोपनी खेतमा लगाएको धानबाली बगाएर बगर बनाइ दिएको छ । ‘१० जना रोपाहार, तीन जना बाउसे खेतला खोजेर लगाएको धान लहलह झुलेर भित्रयाउन ठिक्क परेको थियो,’ उनले भने ‘खोला किनारामा रहेको खेतको धान बाढि पसेर सोत्तर बनाएदियो । पसिना जति सवै खोलाको बाढिले वगाइदियो अब कसरी खाने हो ?’
पालुङटार नगरपालिका–९ मा मात्र किसानहरूको तीन हजार रोपनी क्षेत्रफलको धान खेतमा बिहीबारको बाढीले क्षति गरेको छ । चुतीखोला र खारखोलाको तटीय क्षेत्रका खेतमा बाढी पसेपछि किसानको बर्षदिन खाने मानो समेत खोसिएको छ । अझै कतिपय किसानको असारेधानको बिउ समेत बगाएर लगेको र खेत समेत बगरमा परिणत भएकोले भोकमरिले सताउने त्रासले व्याकुल बनेका छन ।
चैते धान र मकैबाली सोत्तर बनेपछि चिन्ताले व्याकुल बनेका किसानहरुले सरकारले राहत दिनुपर्ने माग गरेका छन । चुतीखोला र खारखोलाको झण्डै तीन हजार रोपनी खेतमा बाढी पसेको वडा कार्यलयले जनाएको छ ।
खोला किनाराको खेतमा बाढि पसेर बगाएपछि बगर बनेको पालुङटार नगरपालिका–९ माथिल्लो सेराकी आशा तामाङले दुःखेसो पोखिन । तीन रोपनी क्षेत्रफलको चैते धान, असारे धानको विउसहित बगाएपछि अब कसरी गुजारा गर्ने भन्ने चिन्ताले पिरोलिएकी छिन । ‘पोहोर साल पनि बाढिले खेत बगाएर बगर बनेकोले फेरि विराएर खेत बनाएका थियौँ,’ उनले भनिन, ‘फेरि पनि धान बगाउन सक्छ भनेर पहिल्यै नै बाढि रोक्न तारजालि माग्दा सरकारले दिएन । अहिले फलेको १५ मुरी जति धानसँगै खेत पनि वग्यो । अव बर्षभरी कसरी खाने हो ?’
बर्षायाममा खोलाकिनारामा बाढि उर्लेर खेतवारी र अन्नवाली बगाउदै आएपनि स्थानीय सरकारले कटान रोक्नेतर्फ खासै चासो नदिएको स्थानीय किसानको गुनासो छ । ‘राहत मागेर हुँदैन, खोला नियन्त्रण नै दिर्घकालीन समाधान हो,’ स्थानीय रामबहादुर अधिकारीले भने । पालुङटार नगरपालिका–९ का वडा अध्यक्ष भेजराज पाण्डे भने तटबन्धका लागि वडा र नगरपालिकाको बजेटले पनि नधान्ने बताउँछन ।
खोलाको कटान नरोकिदा बर्षाको बाढि पसेर धानखेत बन्यो बगर
खोलाको कटान नरोकिदा बर्षाको बाढि पसेर धानखेत बन्यो बगर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु