काठमाडौं -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २४ किलो कोकिन बरामद गरेको छ । आइतबार र सोमबार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ठुलो परिमाणमा कोकिन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतले बताए ।
आइतबार १६ केजी कोकिनसहित ब्यूरोले २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो । सोमबार पुनः ८ किलो कोकिन सहित दुवईबाट काठमाडौं आएका अर्का एकजना विदेशीलाई पक्रेर ब्यूरोले अनुसन्धान गरिरहेको छ । विमानस्थल स्रोतकाअनुसार ३ जना विदेशी दुवईबाट कोकिन लिएर काठमाडौं ओर्लिएका हुन् ।
२०७९ वैशाख ३ मा ब्यूरोले दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइनसहित कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गलाई पक्राउ गरेको थियो । अहिले २४ किलो कोकिन लिएर काठमाडौं आउनेहरुसँग वैशाख ३ मा पक्राउ परेकी जाम्बियन महिलासँग् कनेक्सन देखिएको छ ।
ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई पनि वैशाख ४ मा पक्राउ गरेको थियो । सुटकेशमा फल्स बटना बनाएर काठमाडौं सम्म ल्याएको सो सेतो हेरोइनको अवैध बजार मुल्य १४ करोड रहेको ब्यूरोले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २४ किलो कोकिन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २४ किलो कोकिन बरामद

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु