काठमाडौँ – पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको तर्फबाट अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनका लागि पठाएको पत्र बाहिरिएसँगै सैनिक मुख्यालय जंगी अड्डामा आकस्मिक बैठक बसिरहेको छ ।
क्षत्रीले सन् २०१५ को अक्टोबर २७ , २०७२ को कात्तिक १० मा नेपाली सेनाको तर्फबाट नेपालस्थित अमेरिकी राजदूत अलाइन बी। टेप्लिजलाई सम्बोधन गर्दै एसपीपीको सम्बन्धमा पत्राचार गरेको पत्रमा उल्लेख छ । उक्त पत्र क्षत्रीले नै पठाएकोबारे सैनिक मुख्यालयका उच्च सैनिक अधिकृतहरुले पुष्टि गरिसकेका छन् ।
सेनाले बुधबार विज्ञप्ति जारी गर्दै एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सरकार वा सेनासँग नगरेको र त्यस्तो प्रक्रियासमेत नभएको दाबी गरेको थियो । ‘झुट बोलेपछि ढिलो(चाँडो बाहिर आइहाल्थ्योस आइहाल्यो । अब के गर्ने वा भन्नेबारे आजको बैठकले निर्णय गर्ला,’ सैनिक स्रोतले भन्यो ।
एसपीपीमा सहभागिताका लागि क्षत्रीले गरेको आग्रहको पत्राचारमा दुई मुलुकमा सुरक्षा निकायहरूबीच सहकार्य गर्नेबारे उल्लेख छ । ओली सरकारमा आएपछि पठाइएको उक्त पत्रको पहिलो लाइनमै सरकारको स्वीकृति लिएर गरिएको भनी उल्लेख गरिएको छ । ओली २०७२ साल असोज २५ गते सरकारको नेतृत्वमा आएका थिए ।
जंगीअड्डामा सेनाको आकस्मिक बैठक
जंगीअड्डामा सेनाको आकस्मिक बैठक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु