पोखरा- विद्यार्थीहरुमा भएकोे प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने उदेश्यले रेन्वो एकेडेमी होम्स पोखराले गायन तथा सम्मान कार्यक्रम गरेको छ । विश्व सङ्गीत दिवसको अवसरमा आयोजित गायन प्रतियोगितामा कक्षा १ देखि १० का बिद्यार्थीहरु सहभागि भएका थिए ।
एकल गायन प्रतियोगितामा प्राथमिक तहवाट आरुस्था गुरुङ प्रथम, सुयोग कँडेल द्धितीय र स्यारुन गुरुङ तृतीय भएका थिए । त्यस्तै निमावि तह तर्फ निष्मा पुन, पवन विश्वकर्मा र युनिशा परियार क्रमशः प्रथम, द्धितीय र तृतीय हुन सफल भए भने मावि तहका अनु पुन प्रथम, जानुका श्रीस द्धितीय र सुशान्त राई र अजित गुरुङले तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगिताका संयोजक एवम निर्णायक साथै विद्यालयमा कार्यरत नृत्य तथा सङगीत प्रशिक्षक रविन गुरुङलाई विश्व सङ्गीत दिवसका अवसरमा विद्यालयद्धारा सम्मान गरिएको थियो ।
सोही अवसरमा स्टानन युनेस्को ट्यालेन्ट हन्ट २०२२ गण्डकी प्रदेशमा प्रथम हुन सफल गोकुल श्रेष्ठ, आयुष मल्ल् र दीप्सन गुरुङ सहित शिक्षक ठाकुरसिं थापालाई पनि सम्मान गरियो ।
विद्यालयका सह–प्राचार्य कृष्ण प्रसाद ढकाल र शैक्षिक विभाग प्रमुख पेमा दर्शनले शुभकामना तथा वधाई दिएका थिए । विद्यालयका संस्थापक–प्राचार्य बाबुराम बरालको अध्यक्षतामा सम्पन्न कार्यम्रमको सञ्चालन सह–प्राचार्य खेम ढकालले गरेका थिए ।
विश्व सङ्गीत दिवसमा रेन्वोमा गायन प्रतियोगिता
विश्व सङ्गीत दिवसमा रेन्वोमा गायन प्रतियोगिता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु