पोखरा उपत्यकाको पूर्वी भेगमा पर्ने भौगोलिक र प्राकृतिक सम्पदाले सजिएको एक सौन्दर्यात्मक वडा हो १३ नं वडा । यस वडा अन्तर्गत पर्ने प्राकृतिक मनोरम सम्पदाहरुमा कुँडहर फाट, बुडुवा फाँट, पोखराको एकमात्र कमल फुल्ने पोखरी (कमलपोखरी), काहुँखोला, भद्रकाली मन्दिर, मस्जिद, बिजयपुर खोला, दुई खोलाको संगमस्थल दुईकुलाको मुहान, आर्बा डाँडामा रहेको अत्यन्त पुरातात्विक सम्पदा महाप्रभुधाम, मणिद्विप, बिजयपुर गाउँमा रहेको बौद्ध गुम्बा, सेती नहर, अरण्यज्योति पुस्तकालय जस्ता सम्पदाहरु हाम्रो यस वडा अन्तर्गत स्थापित छन् । यति राम्रा प्राकृतिक, साँस्कृतिक सम्पदाहरु हुँदा हुँदै पनि यस वडा अन्य वडाको तुलनामा पछाडी पर्नुको कारण के हो ? साथै यस वडाको जनजाङ्खिकिए बनोट हेर्दा पनि यहाँ मुख्य रुपमा बसोबास गर्ने जातिहरुमा ब्राम्हण, क्षेत्री, गुरुङ (आदिवासी जनजाति), नेवार, दलित, मुस्लिम, इत्यादी जातिहरुको बसोबास रहेको छ । उक्त जातिहरुको आ–आफ्नै रितिरिवाज र परम्परा रहेको छ । यस वडामा धार्मिक सहिष्णुता पनि कायम रहेको मैले पाएको छु ।
यस वडा पोखरा क्षेत्रकै निकै राम्रो कृषि उपज हुने वडामा पर्दछ । यहाँको कुँडहर फाँट, बुडुवा फाँटमा झुलेका जेठोबुढो धानले पोखरेलीको मन नजितेको कहाँ होला र ? हाल आएर उक्त फाँटहरु मानव बस्तीको चपेटामा परेको देखिन्छ । यस क्षेत्रमा कृषि क्रान्ति ल्याउन नितान्त जरुरी छ ।
यस्ता प्राकृतिक छटाहरुले भरिपूर्ण हाम्रो यस वडामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने कार्यमा आजै देखी नै वडा कार्य समितिले वडा नं. १३ भ्रमण वर्ष लागू गरी आगामी ५ वर्षमा यस वडालाई नमुना तथा सम्बृद्ध वडाको रुपमा विकास गर्न नितान्त जरुरी देखिन्छ ।
वडा बासीको चाहना तथा हजुरहरुले गर्नुभएका प्रतिबद्धता पूरा गरी सम्बृद्ध वडाको रुपमा चिनाउन केही पहलहरु गर्नुपर्ने देख्दछु ।
म यस वडाबासीको नाताले निम्न बुँदाहरु ध्यानाकर्षण गराउन चाहन्छु ।
१. वर्षै पिच्छे प्राकृतिक विपत्ति दोहो¥याई रहने काहुँखोला व्यवस्थापन गर्ने ।
२. वडामा सर्वप्रथम एकद्वार प्रणालीबाट जनताको काम छिटो छरितो रुपमा सम्पन्न गर्ने व्यवस्था मिलाउने ।
३. वडा भित्र बसोबास गर्ने विभिन्न विषयका विज्ञ व्यक्तिहरुको समूह निर्माण गरी राय सल्लाह लिने ।
४. वडामा आकस्मिक समस्याहरु समाधान गर्न ¥यापिड फायर (RAPID FIRE) टोली गठन गर्ने ।
५. वडाको विभिन्न चोकहरुमा विश्राम स्थल तथा सार्वजनिक शौचालय निर्माण गरी FREE WIFI ZONE को ब्यवस्था गर्ने पहल गर्ने ।
६. वडामा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै गएकाले पूर्व वडा अध्यक्षले अध्ययन गरी निर्माण गरेको समितिलाई थप प्रोत्साहन दिईं निर्माण प्रकृयामा रहेको काहुँखोलाको पानी ल्याउन पहल गर्ने ।
७. वडामा रहेका सरकारी विद्यालयको अनुगमन गरी शैक्षिक गुणस्तर बृद्धि गर्ने तर्पm पहल गर्ने ।
८. वडा भित्र रहेका खेती योग्य जमिन चयन गरी खेतीपाती गर्नको साथै कृषकहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु ल्याउने ।
९. वडा भित्र पर्ने विभिन्न टोल विकास संस्था, क्लब, आमा समूह जसता सामाजिक संस्थाहरुका अगुवा सँग समन्वय गरी अगाडी बढ्दा राम्रो होला ।
१०. अन्त्यमा वडा नं. १३ को विकासे गुरुयोजना (MASTER PLAN) बनाई काम गर्नु हुन अनुरोध गर्दछु ।
माथीका बुँदाहरु पूरा गर्न सकेको खण्डमा पक्कै पनि हाम्रो वडा सम्बृद्ध वडाको रुपमा परिचित हुन्छ जस्तो मलाई लाग्दछ ।
सभ्य र समुन्नत समाज निर्माणका लागि एक चिन्तक !
-सन्तोष आचार्य