पोखरा – आफ्नै विद्यालयमा पढने बिद्यार्थीहरुलाई धम्काउदै बर्षौदेखि बाल यौन दुराचार गरेको अभियोगमा प्रहरीले कास्कीका एक विद्यालय संचालकलाई पक्राउ गरेको छ ।
किशोर छात्रहरुलाई यौन दूराचार गरेको अभियोगमा प्रहरीले कास्कीको माछापुच्छ्र्रे गाउँपालिका ४ स्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कूलका संचालक ४८ वर्षीय रामचन्द्र शाहीलाई पक्राउ गरेको हो ।
संचालक शाहीले लामो समयदेखि किशोर छात्रहरुलाई धम्काउदै यौन दुराचार गर्दै आएपनि यसअघि त्रासले गर्दा मौन बसेको पीडित बिद्यार्थीहरुले वताएका छन । ‘बाहिर कसैलाई भनेमा जे पनि हुनसक्छ भन्दै हामी केटाहरुलाई सरले आफ्नो पिसाव फेर्ने अंग खेलाउन लगाउनुहुन्थ्यो, अनि हाम्रो दिसा गर्ने ठाउँमा आफ्नो पिसाव फेर्ने अंग हाल्नु हुन्थ्यो,’ जिल्ला प्रहरी कार्यालयमा शुक्रवार जाहेरी दिन आएका एक किशोर छात्रले भने ‘अहिले म नौ कक्षामा पढ्छु, सरले मलाई सात कक्षामा पढ्दादेखि नै यस्तो घिनलाग्दो व्यवहार गर्दै आउनु भएको हो । सरले अरु ६ जना साथिहरुलाई पनि यस्तै गर्नु भएको छ ।’
पीडित किशोर छात्रहरुले संचालक शाहीले बिद्यालय, वाटो र जंगलमा जहाँ भेटेपनि आफुहरुमाथि अश्लिल व्यवहार गरेका वताएका छन । शाहीले अति नै गरेपछि सवैजनाले अभिभावकहरुसग सल्लाह गरेर कार्वाहीको लागि प्रहरीमा आईपुगेको वताएका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा घटना वारे जानकारी दिन आएका एक अभिभावकले वच्चाहरुको शारीरिक र मानसिक अवस्थामा गम्भिर क्षति गर्ने हर्कत गर्ने संचालक शाहीमाथि कडा कार्वाही गर्नुपर्ने वताए । ‘विद्यालय पढ्न पठाएको छोरा झोक्राउने, एकोहोरो टोलाउने र पढन पनि ध्यान नदिने भएपछि सोधखोज गर्दै जादा स्कुलको सरले त्यस्तो गन्दा काम गरेको थाहा भयो,’ एक अभिभावकले भर्ने हाम्रो सन्तानको जीउज्यान र भविष्यमाथि गम्भिर खेलवाड गर्नेलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानवहादुर खड्काले बाल यौन दुराचार गरेको जाहेरीको आधारमा रामचन्द्र शाहीलाई पक्राउ गरिएको वताए ।
अभियुक्त शाही विरुद्ध बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरको अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
किशोर छात्रहरुलाई धम्काउदै यौन दुराचार गरेको अभियोगमा बोर्डिङ सञ्चालक पक्राउ
किशोर छात्रहरुलाई धम्काउदै यौन दुराचार गरेको अभियोगमा बोर्डिङ सञ्चालक पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु