झापा -भीषण बर्षासगै आएको बाढिले डुवानमा परेका झण्डै एक हजार मानिसको सुरक्षाकर्मीले उद्धार गरेको छ । डुवानमा परेका करिव २ सय ८८ घरका ९ सय ३४ जनाको सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित ठाउँमा राखेको छ ।
झापाको बाह्रदशी गाँउपालिका २ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका र गौरीगंज गाँउपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका लगभग १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।
सुरक्षा चौकी बैगुन्धुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको छ भने बाढी प्रभावित घरबाट खाद्यान्न लगायतका सामग्री पनि सुरक्षित स्थानमा सारेको छ ।
त्यस्तै, बीओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरी बलले मोरङको कटहरी गाउँपालिका–१ टाईगर टोलका बाढी प्रभावित १३० घरबाट ५२० जना र विराटनगर महानगरपालिका–१ को ६० घरका २६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
डुवान प्रभावित एक हजार मानिसको उद्धार
डुवान प्रभावित एक हजार मानिसको उद्धार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु