महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका ५ स्थित पोखरीमा बुधबार दिउँसो घर भत्किदा एक ४ महिने बालि काको मृत्यु भएको छ । घटनामा दुई जना घाईते बनेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका ४ धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको हो। घटनामा अन्य दुई जना घाईते भएका छन्। स्थानीय प्रेम साउद को जग्गा अधिया बनाउन गएका बेला पार्वती खुनाले ४ वर्षिया छोरी र ११ वर्षिया छोरा अर्जुन खुनालाई उक्त घरमा छोडेर रोपाई गरिरहेकी थिईन।
कच्ची घर भत्किएपछि घरले च्यापिदा धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए। घटनामा परेर सोही वडाका ४० वर्षिय मान्टे थारु र ११ वर्षिय अर्जुन खुना घाइते भएका छन्। उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ। थारु रोपाई सकेर आराम गर्नका लागि उक्त घरमा पसेका थिए।
यसैगरी भक्तपुरको सुर्यविनायक नगरपालिका १० चित्तापोल लाकुलीमा पर्खाल भत्किदा एकजना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्यविनायक नगरपालिका १० चित्तापोल लाकुली बस्ने ६६ वर्षीया नारायाणदेवी थापा रहेकी छिन् ।
कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खा मुनि हिडिरहेकी उनी सोही पर्खाल भत्किदा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरि परिसर भक्तपुरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।