पोखरा – कामदार किशोरीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले शिला फेन्सी स्टोर्स चिप्लेढुंगाका संचालक छविलाल गौत्तमलाई पक्राउ गरेका छ ।
फेन्सीमा काम गर्न पुगेको पहिलो दिनमै काम सिकाउने वहानामा किशोरीलाई माथिल्लो तलामा लगेर यौन दुव्र्यवहार गरेपछि गौत्तमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मालिकले आफुलाई यौन दुव्र्यवहार गरेपछि हारगुहार गरेकी किशोरीले घरपरिवारलाई घटना बारे जानकारी दिएपछि कास्की प्रहरीले गौत्तमलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले अभियुक्त गौतमलाई पक्राउ गरी बालिकामाथि यौनजन्य दुर्व्यवहार मुद्धामा कानुनी कारबाही शुरु गरिएको वताए ।