दाङ – दाङमा एउटा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। अरू दुई जना घाइते भएका छन्।
बिहीबार राति पौने नौ बजे घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही– ७ बेसाईमा दुइटा साइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको छ।
उनीहरू दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।
उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार घोराही– ७ का ३८ वर्षीय बसन्त चौधरीको अवस्था गम्भीर छ। चौधरीको नाक, मुख र टाउकोमा गहिरो चोटपटक लागेको छ ।
त्यस्तै साइकलयात्री घोराही– १५ का विनोद भण्डारी घाइते भएका छन्। उनको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक र साईकल यात्रीको मृत्यु
दुर्घटनामा मोटरसाइकल चालक र साईकल यात्रीको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु