अस्पतालको बस भीरवाट खस्दा एक कर्मचारीको मृत्यु, ३८ घाईते
काठमाडौँ – अस्पतालको बस भीरवाट खस्दा कर्मचारी लिककुमारी बस्नेतको मृत्यु भएको मृत्यु भएको छ । दुर्घटनामा ३८ जना घाईते बन्न पुगेका छन । ७ जनाको अवस्था गम्भीर रहेको छ। अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको कर्मचारी बोकेको बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकैको भीरवाट खसेर दुर्घटनामा परेको हो ।
काभ्रेका प्रहरी प्रवक्ता एवं डिएसपी हरि खतिवडाका अनुसार ३८ जना घाइते भएका छन्। बसमा कति जना थिए भन्ने एकिन हुन सकेको छैन। बस सडकबाट करिब ३० मिटर तल पुगेको छ।
घाइतेहरुको धुलिखेलकै शीर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेका छ। केही भने सामान्य उपचारपछि घर फर्किएका छन्।