पोखरा – रेन्वो एकेडेमिक होम्स्मा युवा सर्कल २०७९-०८० कार्यसमितिका पदाधिकारीहरु निर्वाचन प्रक्रियाद्धारा चुुनिएका छन् ।
निर्वाचित हुनेहरुमा अध्यक्ष पदमा अपेक्षा थापा, उपाध्यक्षमा जेम्स गुरुङ ‘क’,सचिवमा अमरत्व खड्का, सहसचिवमा शरद गुरुङ र कोषाध्यक्षमा रोशनी पुन निर्वाचित भएका छन । यसैगरी सदस्यहरुमा असिम अधिकारी, विश्वास राना, सयुश गुरुङ, अजित गुरुङ, आशिष गुरुङ र आशिष पुन चुनिएका छन ।
शिक्षकनायकका रुपमा विद्यालयका शिक्षक विश्वराज रसाइली रहेका छन् । निर्वाचित कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई विद्यालयका संस्थापक–प्राचार्य तथा मतदान अधिकृत बाबुराम बरालले प्रमाणपत्र वितरण गरेका थिए ।
प्रमुख अतिथि डण्डराज शर्माले निर्वाचन अधिकृत विद्यालयका प्राचार्य बाबुराम बराललाई मतपत्र हस्तान्तरण गरेका थिए । निर्वाचन अधिकृतले चारवटै मतदान केन्द्रका मतदान अधिकृतहरुलाई निर्वाचन सामाग्री प्रदान गरी निर्वाचन कार्यक्रम आरम्भ गरिएको थियो ।
औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्माले रेडक्रसको स्थापनादेखि जाँ हेनरी ड्युनाको योगदानको बारेमा चर्चा गरेका थिए ।
अतिथिको रुपमा जुनियर युवा सर्कल समिति संयोजक विष्णुप्रसाद भण्डारी वडा रेडक्रस सर्कल समिति पोखरा–१५ का इकाइ अध्यक्ष कमल पौडेल,सदस्यहरु शर्मिला पौडेल र पार्वती कार्की पर्यवेक्षकको रुपमा उपस्थित भएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्राचार्य खेमनारायण ढकालले गर्नुभएको थियो ।
विद्यार्थीहरुलाई किताबी ज्ञानसहित प्रयोगात्मक शिक्षासमेत प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले विद्यालयले प्रत्यक्षरुमा चुनावी प्रक्रियाद्धारा विद्यार्थीाहरुलाई सहभागी गराएका थिए भने विद्यार्थीहरुसमेत उत्साहपूर्ण रुपमा निर्वााचन कार्यक्रमा सहभागी भएका थिए । निर्वाचनमा तीन समूूह सहभागि थिए । त्यसको नेतृत्व समूह क बाट जस्मिन बोहरा, समुह ख बाट दिप्सन गुरुङ र समुह ग बाट अपेक्षा थापाले गरेका थिए । उक्त निर्वाचन कार्यक्रमको अवलोकन तथा निरीक्षण गर्न बाक्लो रुपमा अभिभावकहरुको समेत विद्यालय प्राङ्गणमा उपस्थिति रहेको थियो ।
रेन्वो एकेडेमिक होम्स्मा निर्वाचन प्रक्रियाद्धारा युवा सर्कल चुुनिए
रेन्वो एकेडेमिक होम्स्मा निर्वाचन प्रक्रियाद्धारा युवा सर्कल चुुनिए

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु