मोरङ – घरायासी विवादमा श्रीमतिलाई जलाएर मारेको अभियोगमा प्रहरीले मोरङको रंगेली नगरपालिका १, विर्ताबजारका तिलक मल्लिकलाई पक्राउ गरेको छ । अभियुक्त तिलकले शुक्रबार राति करिब १० बजे रंगेली ३१ बर्षीया श्रीमति बबिता मल्लिकलाई मट्टितेल छर्की आगो लगाएर हत्या गरेका प्रहरीले जनाएको छ ।
शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरुको घर पनि जलेको छ’ उनले भने ।
शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थियो । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जनामात्र बसोबास गर्थे ।
बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको लत्ता कपडा, भाडाकुँडा र अन्नपात पनि जलेको छ ।
श्रीमति जलाएर मारेको अभियोगमा श्रीमान पक्राउ
श्रीमति जलाएर मारेको अभियोगमा श्रीमान पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु