काठमाडौं – रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्वरको बस रामेछापको लुभुघाटमा दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेकामध्ये नौ जनाको घटनास्थलमै र चार जनाको उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप तीनजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। घाईतेमध्ये २४ जनालाई धुलिखेल अस्पतालमा लगिएको थियो ।
रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा मंगलवार बिहान भएको बस दुर्घटनाका मृतक मध्ये अहिलेसम्म आठ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ वटा खसी -बोका समेत मरेका छन्।
रामेछापको लुभुघाटमा बस दुर्घटनामा १३ जनाको मृत्यु
रामेछापको लुभुघाटमा बस दुर्घटनामा १३ जनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु