काठमाडौँ – जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।
जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी पदमुक्त भएका छन् ।
‘पार्टी विभाजनमा लागेका ९ जनालाई तत्काल पदमुक्त निर्णय पारित भएको छ,’ जसपाका केन्द्रीय सदस्य एवम् वन तथा वातावरण मन्त्री प्रदीप यादवले भने ।भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।
राई बने जसपाको संघीय परिषद्को अध्यक्ष
जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्को अध्यक्ष अशोक राई बनेका छन्।
वीरगन्जमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले बिहीबार यसअघिका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराइलाइ पदमुक्त गरेर उक्त पदमा पार्टीका वरिष्ठ नेता राइलाइ मनोनित गर्ने निर्णय गरेको हो।
यसअघि बिहीबार नै बैठकले संघीय परिषद अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई कारबाही गरि पदमुक्त गर्ने निर्णय गरेको थियो।
बैठकले संघीय परिषद् अध्यक्ष भटटराईका साथै केन्द्रीय कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो।
पार्टी विरोधी गतिविधीमा लागेको भन्दै उनीहरुलाई कारवाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गरेको हो।
वीरगन्जमा दुई दिनसम्म चलेको अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णयहरु शुक्रबार बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्य समेत रहेका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताए।
उनले भने, ‘दुई दिनको बैठकले कठोर र महत्वपूर्ण निर्णयहरु गरेको छ, शुक्रबार वीरगन्जमै शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु हुनेछ।’