पोखरा – नक्कली सुनको दुई वटा बाला देखाएर ठगी गर्न लागेको अवस्थामा प्रहरीले दुई युवकलाई पोखराको न्यूरोडवाट पक्राउ गरेको छ ।
पोखरा ८ स्थित एक होटलमा नक्कली सुन देखाएर ठग्न लागेको अभियोगमा प्रहरीले चितवन माडी नगरपालिका ८ बसन्तपुर घर भई पोखरा- ४ रामकृष्णटोल बस्ने ३५ बर्षिय धमेन्द्र खाती र स्याङ्जा अर्जुन चौपारी गाउँपालिका ४ रापाकोट घर भई पोखरा – १६ घर्मीखोला बस्ने ४० बर्षिय डिलबहादुर बिकलाई पक्राउ गरेको हो ।
अभियुक्त खाती र विकका विरुद्ध कास्की जिल्ला अदालतवाट आपराधिक षडयन्त्र सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
नक्कली सुनको वाला देखाएर ठगी गर्ने दुइ पक्राउ
नक्कली सुनको वाला देखाएर ठगी गर्ने दुइ पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु