पोखरा – प्रगतिशिल साहित्यकार कुलप्रसाद खनालको बुधबार निधन भएको छ । प्राध्यापनसँगै साहित्यको क्षेत्रमा सक्रिय खनालमा दम, उच्च रक्तचाप र प्रोस्टेडको समस्या थियो ।
पृथ्वीनारायण क्याम्पसको प्राध्यापन गरेका खनालले नेपाली प्रगतिशील सिर्जना र समालोचना समेतमा महत्वपूर्ण योगदान रहेको छ ।
विक्रम सम्बत २००१ सालमा तनहुँको चुँदी सिमपानी जन्मेका खनाल लामो समयदेखि पोखरा ५ राधाकृष्ण मार्गमा बस्दै आएका थिए । नेपाली भाषा र साहित्यका क्षेत्रका व्यक्तित्व खनालले नेपाली साहित्यमा स्तातकोत्तर र संस्कृतमा शास्त्री गरेका थिए । साहित्य र शिक्षाको क्षेत्रमा धेरै पुरस्कार पाएका खनाल गण्डकी साहित्य संगम पोखराका संस्थापक अध्यक्ष थिए । गोकुल साहित्य पुरस्कारको स्थापनामा उनको योगदान थियो ।
साहित्यकार खनालको निधनले नेपाली साहित्य र भाषाको क्षेत्रमा अपूरणिय क्षति पुगेको भन्दै नेपाली साहित्यको क्षेत्रमा क्रियाशिल व्यक्तित्व र साहित्य प्रेमिहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन ।