काठमाडौं- नेपालमा एकै दिन ७१० कोरोना संक्रमित भएका छन् र २ जनाको मृत्यृ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका छन् । बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टाको अवधिमा २१५ जना निको भएका छन् । सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन् । संक्रमित संख्या बिहीबारसम्ममा ४ हजार २३६ पुगेको छ । २४ घण्टाको अवधिमा ५९ हजार ४७१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
कोरोनाबाट २ जनाको मृत्यु, ७१० जना संक्रमित
कोरोनाबाट २ जनाको मृत्यु, ७१० जना संक्रमित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु