काठमाडौंं -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, देशभर तीन हजार ६९९ स्वाब परीक्षण गर्दा ४३८ जनामा सङ्क्रमण देखिएको हो। आज एक हजार ७७९ जनाको पीसीआर परीक्षण गर्दा २९२ जनामा र एक हजार ९२० जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६६ पुगेको छ।
शनिबार २७७ जना कोरोनामुक्त भएका छन्। यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि चार हजार ३६९ पुगेको छ।
कोरोनावाट थप दुईको मृत्यु, ४३८ संक्रमित
कोरोनावाट थप दुईको मृत्यु, ४३८ संक्रमित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु