चितवन – लगातारको वर्षाका कारण लेदोसहितको पहिरो खस्दा सोमबार बिहानैदेखि नारायणगढ(मुग्लिन सडक अवरूद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सोमबार बिहान चार बजे भरतपुर महानगरपालिका(२९ घुमाउनेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण दुईतर्फी रूपमा नै बाटो बन्द भएको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन विष्टले जानकारी दिए । बाटो अवरूद्ध भएको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नौकिलोबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
टोलीले भरतपुरको सडक डिभिजन कार्यालयसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको डीएसपी रवीन विष्टले बताएका छन्
ि