पोखरा – गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेना र फोटो पत्रकार राम गुरुङलाई प्रदान गरिने भएको छ ।
पोखरामा रहेर दुई दशकअघिदेखि पत्रकारितामा सक्रिय तिमिल्सेना र गुरुङलाई आगामी २० गते एक कार्यक्रमवीच पुरस्कार प्रदान गरिनेछ । पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ ।
पोखरावाट प्रकाशित विभिन्न पत्रपत्रिका तथा गोरखापत्र, राससमा काम गरिसकेका तिमिल्सेना हाल रेडियो नेपाल र गण्डकी वहस डटकममा आवद्ध छन । गुरुङ फोटो पत्रकारिता क्रियाशील छन् ।
प्रतिभा छनोट समितिका संयोजक अग्रज पत्रकार कोमलनाथ बराल, सदस्य कृष्णप्रसाद बाँस्तोला, श्याम कुँवर, पत्रकार महासंघ अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल रहेको समितिले गरेको सिफारिसलाई महासंघको आइतबारको बैठकले अनुमोदन गरेको हो ।
सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार रामद्धयलाई
सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार रामद्धयलाई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु