काठमाडौं – बादल र बर्षाले मंगलबार पोखरामा निर्धारित सबै जहाज उडान रद्द भएका छन् ।
हवाई जहाज उडानका लागि भिजिविलिटी नपुगेपछि पोखराबाट जहाजको आउजाउ सबै रद्द भएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरामा उपकरणमा आधारित अवतरण प्रणाली नभएका कारण कम भिजिबिलिटी हुँदा उडान प्रभावित हुने गर्छ । पोखरा बाहेक विमानस्थलमा भने जहाजहरु उडिरहेका छन् ।