पोखरा – मुस्ताङको प्याङ भन्ने उच्च लेकमा जिम्बु टिप्न गएका चार युवक विस्फोटक पदार्थ विस्फोटनमा परेर घाइते बन्न पुगेका छन ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङ माथिको प्याङस्थित एक ओढारमा मंगलबार साँझ भेटिएको शंस्कास्पद बम खेलाउदा विस्फोट भई उनीहरु घाईते बन्न पुगेका हुन ।
घाईते युवाहरु म्याग्दीको मालिका गाउँपालिका ३, डाँडा गाउँवाट एक दर्जन गाउँलेसहित जिम्वुटिप्न उक्त लेकमा पुगेका स्थानीयवासीले वताएका छन ।
बिष्फोटनमा परेर घाईते हुनेहरुमा म्याग्दीको मालिका गाउँपालिका –३ डाँडागाउँका का २२ वर्र्षीय रेस रोक्कामगर, १९ वर्र्षीय टिका बुढामगर,२५ वर्र्षीय तेजेन्द्र रोक्कामगर र २५ वर्र्षीय दिलिप रोक्कामगर रहेका छन । घाइतेहरुको हात, खुट्टा, अनुहार र शरिरका विभिन्न भागमा चोट लागेको छ ।
म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मोतिप्रसाद वुढाले अहिले जिम्वु टिप्ने मौषम भएकोले गाउँका युवाहरु जिम्वु टिप्न उच्च लेकमा पुग्दा विस्फोटमा परेको वताए ।
‘ओढारमा भेटिएको शंस्कास्पद वस्तु के हो ? भनेर खेलाउँदै गर्दा अचानक विस्फोटमा परेर घाईते बनेका आफन्तले जानकारी दिएका छन,’ वडाध्यक्ष वुढाले भने ‘घाईते हुनेहरुसँगै अरु गाउँका एक दर्जन भन्दा बढि साथिहरु भएपनि अरुलाई भने केहि पनि भएको छैन ।’
घटनापछि घाईतेहरुलाई जोमसोम अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि बुधवार अपरान्ह पोखरातर्फ ल्याउदै गरिएको आफन्तले वताए ।
मुस्ताङको उच्च लेकमा विस्फोटमा परेर जिम्वु टिप्न गएका चार युवक घाईते
मुस्ताङको उच्च लेकमा विस्फोटमा परेर जिम्वु टिप्न गएका चार युवक घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु