दार्चुला – दार्चुलामा बुधवार अपरान्ह यात्रुवाहक जीप दुर्घटनाग्रस्त हुँदा पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा ४ पुरुष र एक जना महिला रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले वताए । घटनामा ९ जना घाइते भएका छन् ।
मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको थियो ।
घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन् ।
यसैगरी लमजुङको घनपोखरामा बुधवार दिउँसो यात्रुवाहक जीप दुर्घटनामा परेर १५ यात्रु गम्भिर घाईते बनेका छन । ती मध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग१ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेको प्रहरी र स्थानीय मिलेर उद्धार गरेको स्थानीय राम गुरूङले बताए। घाइतेलाई ४ वटा जिपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल पठाइएको छ।