काठमाडौं – गृह मन्त्रालयले शनिबार सूचना प्रकाशित गरी भदौ ५ गतेभित्र उजुरी दिन आग्रह गरेको छ। सरकारले मिटर ब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै उजुरी आह्वान गरिएको हो।
कार्यदलका संयोजक भीष्मकुमार भुषासले जारी गरेको सूचनामा भनिएको छ, “देशैभरी मिटर ब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटर ब्याज पीडित व्यक्तिहरूबाट त्यसा मिटर ब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा मिति २०७९\०५\०५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ।”
मिटरव्याजी विरुद्ध उजुरी दिन गृहको आग्रह
मिटरव्याजी विरुद्ध उजुरी दिन गृहको आग्रह

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु