तनहुँ – खोलामा करेन्ट हानेर माछा मार्न खोज्दा तनहुँको शुक्लागण्डकी नगरपालिका २ कोत्रेस्थित गुहेखोलामा विहिवार वुवा र छोराको मृत्यु भएको छ । करेन्ट लागेर आमा गम्भिर घाईते बनेकी छिन ।
खोलामा माछा मार्न विजुलीको तार हाल्दा आफैलाई करेन्ट लागेर बुवा छोराको मृत्यु भएको हो । घाईते आमाको अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका ५ घर भई शुक्लागण्डकी नगरपालिका २ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो रहेका छन । घटनामा १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन्।
करेन्ट लागेर गम्भिर घाईते भएका तीनै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज पोखरामा लगिएपनि उपचारकोक्रममा दुई जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।
घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ।
करेन्ट हानेर माछा मार्दा वुवा र छोराको मृत्यु, आमा घाईते
करेन्ट हानेर माछा मार्दा वुवा र छोराको मृत्यु, आमा घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु