काठमाडौँ – गुठी संस्थानको नाममा रहेको जग्गाको नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम सहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
धनुषाको भरतपुरमा गुठी संस्थानको स्वामित्वमा रहेको जग्गा नेपाली सेनाका लागि सरकारले अधिग्रहण गरेको थियो। तर, उक्त जग्गाको मोही खडा गरेर अधिग्रहणबाट प्राप्त रकम राज्यकोषमा दाखिला नगरी व्यक्तिलाई दिएको अख्तियारको आरोप छ। अधिग्रहण वापत गुठी संस्थानको कोषमा जम्मा हुनुपर्ने एक करोड १४ लाख ६६ हजार रुपैयाँ रकम गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन जयसावललाई भुक्तानी गरिएको पाइएको छ।
प्रमुख जिल्ला अधिकारी जिल्लास्थित मुआब्जा निर्धारण समितिको अध्यक्ष हुन्छन्। समितिको अध्यक्षको हैसियतमा गौतमले भ्रष्टाचार गरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी गौतम, धनुषास्थित गुठी संस्थान कार्यालयका प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार शर्मा, वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले जयसावललाई मोही खडा गरेको अख्तियारको दाबी छ। उनीहरुलाई जनही एक करोड १४ लाख ६६ हजार रुपैयाँ बिगो र जेल सजाय माग गरिएको छ।
नक्कली मोही खडा गर्ने विचौलियाको भूमिका सुमनकान्त ठाकुरले गरेको अख्तियारको दाबी छ। ठाकुर, यायत्रीदेवी र शत्रुधनलाई जनही ९० लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय मागदाबी गरिएको छ। त्यस्तै, उपेन्द्रलाल कर्ण कायस्थ, मनोजलाल कर्ण र सूर्यलाल कर्णलाई भने मतियारको अभियोग लगाइएको छ। उनीहरू प्रत्येकलाई २४ लाख ८३ हजार रुपैयाँ बिगो, जरिवाना र कैद सजायको माग गरिएको छ।
यीमध्ये सूर्यनारायणको मृत्यु भईसकेकाले कैद र जरिवाना मिनाह गरिएको छ। सूर्यनारायणको अंशियारबाट बिगो भराउनुपर्ने अख्तियारको माग छ।
यो प्रकरण सार्वजनिक भएपछि नक्कली मोही गायत्रीदेवीले आफूले गैरकानूनी रुपमा भुक्तानी लिएको रकम गुठी संस्थानमा फिर्ता गर्न खोजेकी थिइन्। अख्तियारका अनुसार उनले उच्च अदालत जनकपुरमा यस्तो माग गर्दै मुद्दा हालेकी थिइन्। उच्च अदालतले धनुषा जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानसँग जवाफ मागेको थियो।
तर, धनुषा जिल्ला अदालतका तामेलदार डिठ्ठा हविब साह र गुठी संस्थानका कार्यालय सहयोगी कामेश्वर रायले अदालतबाट जारी भएको म्याद सूचना सम्बन्धित निकायमा नबुझाई लुकाएको अख्तियारको आरोप छ। म्याद गुजारेपछि उच्च अदालतले जयसवालले मुद्दा हारिन्, तर जग्गा भने आफ्नो स्वामित्वमै रहेको अख्तियारको आरोपत्रमा उल्लेख छ।
म्याद तामेलीमा जालझेल गर्ने साह, राय र लेखापढी व्यावसायी प्रमोदकुमार कर्णलाई पनि अख्तियारले मतियार मानेर मुद्दा हालेको छ।
धनुषाका तत्कालीन सीडीओ गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर
धनुषाका तत्कालीन सीडीओ गौतमसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु