राजविराज – न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । उजुरी परेपछि उनलाई छानबिनका क्रममा केही दिनअघि बाँके जिल्ला अदालतबाट सर्वोच्च तानिएको थियो ।
जिल्ला न्यायाधीश अधिकारी सप्तरी जिल्ला अदालतमा रहँदा विवादित भएका थिए । बर्दिया घर भएका उनको माछापुच्छ्रे बैंकमा रहेको खातामा मुद्दासम्बन्धी विषयमा न्याय सम्पादन गर्न रकम जम्मा गराउन थालेपछि उनी विवादित भएका थिए ।
राजविराजका फलफूल व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेका थिए । यसका अतिरिक्त साहले मुद्दाकै विषयमा आदेश र फैसलाहरू प्रभावित पार्न न्यायाधीश अधिकारीलाई नगदै समेत दिने गरेको थियो ।
सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै न्यायपरिषदमा उजुरी दिएका थिए । मनोजकुमारले पत्नी सुनीताकुमारी साहलाई सप्तकोसी नगरपालिका २ बस्ने मो अली हुसेनले भगाई विवाह गरेपछि बहुविवाहको मुद्दा चलाएका थिए । त्यसपछि अली हुसेन पक्राउ भई सप्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भए र सुनीताकुमारी साह भने १८ हजार धरौटी बुझाई तारेखमा रिहा भएकी थिइन् । उक्त मुद्दामा साक्षी बकपत्रसमेत भई ०७४ सालमा सुनीताले पति मनोजविरुद्ध हालेको मानाचामल मुद्दामा बहुविवाहको मिसिलसमेत सामेल गरी नियमानुसार पेस गर्नु भनी सप्तरी जिल्ला अदालतबाट आदेश भएको थियो ।
दुवै मुद्दाको एकसाथ ०७५ असार २५ गते पेसी तोकिएकामा सुनीता, उनका भाइ विजयकुमार साह, अली हुसेनका छोरा र सुनीतासमेत मिली सागरकुमार साहमार्फत न्यायाधीश अधिकारीलाई पैसा दिएर बहुविवाह मुद्दामा सफाइ पाउने गरी फैसला गरेको आरोप मनोजकुमारले उजुरीमा लगाएका थिए ।
फलफूल व्यापारी सागरकुमारले जिल्ला न्यायाधीश अधिकारीको माछापुच्छ्रे बैकमा रहेको खाता नम्बर ६१३६५२४५२०१४८०१७ मा विभिन्न मितिमा पाँच लाख रुपैयाँ पठाएका थिए । सागरकुमारले अधिकारीको खातामा ०७५ असार १५ गते एक लाख, असार ३२ गते दुई लाख र साउन २ गते दुई लाख गरी पाँच लाख रुपैयाँ जम्मा गरिदिएको भौचरको फोटो २०७५ साल चैत २७ गते प्रकासित भएको थियो । न्यायाधीश अधिकारीलाई पठाइएको भौचरमा उद्देश्य ‘व्यापार’ लेखिएको छ ।
२०७४ असोज ३० गते मनाङ जिल्ला अदालतबाट सरुवा भएर सप्तरी जिल्ला अदालत आएका न्यायाधीश अधिकारी ०७५ साउन २ गते जिल्ला अदालत कालिकोट गएका थिए । सप्तरीमा कार्यरत रहँदा सामूहिक बलात्कारको एउटा मुद्दाको आदेशमा उनी आलोचित भएका थिए । नयायाधीश अधिकारीले त्यतिबेला आफुले सागरसँग खराब नियतले नभई सापटी दिएको पैसा फिर्ता लिएको प्रष्टयोक्ती दिएका थिए ।
न्यायपरिषद्मा परेको उजुरीमा न्यायाधीश अधिकारीले विभिन्न मुद्दामा आदेश र फैसला गर्दा रकम लिएको आरोपसमेत लगाइएको थियो । उनी बिरुद्ध उजुरी परेपछि सर्वोच्च अदालतका नयायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन टोली गठन भएको थियो । सो टोलीले छानविन गरे पनि उनी महाअभियोगवाट निलम्बित प्रधान नयायाधीश चोलेन्द्र शम्सेर राणाका कारण कारवाहीवाट जोगिएका थिए ।
स्रोतका अनुसार न्यायाधीश अधिकारीले फलफूल व्यापारी साहलाई बिचौलीया बनाएका थिए । फलफूल व्यापारी सागरकुमार राजविराजमा न्यायाधीश अधिकारीलाई निरन्तर भेट्ने गर्थे । नयायाधीश अधिकारी विवादित भई सप्तरीबाट सरुवा भएपछि फलफूल ब्यापारी सागरकुमार र उनीबीच लेनदेनको विवाद भएको थियो । मुद्धा प्रभावित पार्न सागरले बिचौलिया भई अधिकारीलाई पैसा दिए पनि सो अनुसार फैसला हुन नसकि अधिकारीको सरुवा हुदा पैसा फिर्ता गर्न सागरले अधिकारीमाथि दबाब बढाएका थिए । सो क्रममा कयौं दिन दुवैका बीचमा मोबाइल सम्वादमा विवाद हुनुका साथै काठमाडौंस्थित अधिकारीको घरमा समेत लेनदेनका विषयमा झन्झट भएको थियो ।
मुद्दा आफ्नो पक्षमा पारिदिन सागरलाई पैसा दिएकाहरूले पैसाको ताकेदा गर्न थालेपछि सागरले ती व्यक्तिहरूलाई खातामा पैसा नभएको चेक दिने गरेका थिए । ती व्यक्तिहरूले सागर विरुद्ध बैकिङ कसुरको मुद्दा चलाएपछि उनी केही दिन सिरहा कारागार समेत बसेका थिए । अधिकारीलाई दिएको पैसा फिर्ता हुन नसकेका कारण सागरमाथि दवाव बढेपछि उनी राजविराज डुमरी शिवथानस्थित घर छोडेर सुनसरी बस्दै आएका छन् ।
वर्खास्तीमा परेका न्यायाधीश अधिकारीका अनियमतिता
वर्खास्तीमा परेका न्यायाधीश अधिकारीका अनियमतिता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु