काठमाडौँ – काठमाडौंको बुद्धनगरस्थित एउटा निर्माणाधीन भवनको छैटौं तलाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार साँझ ६ बजेतिर बुद्धनगरस्थित निर्माणाधीन साढे ६ तले भवनको छैटौं तलाबाट दुई बालबालिका खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी बृत्त नयाँ बानेश्वरका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं महानगरपालिका २९ घट्टेकुलो स्थायी घर भएकी १४ वर्षीया बालिका उक्त भवनको छैटौं तलाबाट खसेका थिए । उनीहरु पाठशाला स्कुलमा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरी भनाइ छ।
काठमाडौं महानगरपालिका-१० स्थित निर्माणधीन घरबाट उनीहरुले एकसाथ हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखएको छ। साँझ ५:४४ बजे निर्माणधीन घरबाट हाम फालेका उनीहरुलाई तत्कालै सिभिल अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जाएको छ।
मृत्यु हुने १४ वर्षीय बालक भारतको बिहार स्थायी घर भइ पेप्सीकोला बस्ने गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।