काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीमा जाहेरी परेको छ । काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले मंगलबार लामिछानेविरुद्ध जाहेरी परेको बताए।
एक किशोरीले सन्दीपविरुद्ध यौनजन्य कसुरमा जाहेरी दिएको र अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए। सन्दीप हाल क्यारेबियन प्रिमियिर लिग क्रिकेट खेल्न विदेशमा छन्।
एक किशोरीले सन्दीपविरुद्ध जजक कसूरमा प्रहरी बृत्त गौशालामा जाहेरी दरखास्त हालेकी हुन् । लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका बिभिन्न स्थानहरुमा घुमाएर काठमाडौंको एक होटलको कोठामा ल्याइ ६ गते जबर्जस्ती सम्बन्ध राखेको उनको दावी छ ।
लामिछानेले एकछिन एकछिन भन्दै रात पारेर होटलमा लगेर दुई पटक वलात्कार गरे ः पीडित
कप्तान लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।
आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ । त्यसपछि गौशाला प्रहरीले काठमाडौं प्रहरी प्रमुख बोहोरालाई त्यसबारे जानकारी गराएको थियो ।
बोहोरा हुँदै यो सूचना प्रहरी नेतृत्वसम्म पुगेको थियो । ‘बलात्कार जस्तो घटनामा प्रहरी संवेदनशील छ, हिजै स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालिसक्यौं,’ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भन्छन् ।
गौशाला प्रहरीका एक अधिकृतका अनुसार काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।
‘पीडित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ गौशाला प्रहरीका ती अधिकृत भन्छन्, ‘प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।’ स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।
लामिछाने ६ भदौमा टी २० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ ।
‘केन्या जानु अघिल्लो दिन सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको थियो’ उनले प्रहरीसमक्ष भनेकी छन्, ‘त्यतिबेला भक्तपुर गएका थियौं, फर्किएर आउँदा मध्यराति भइसकेको थियो ।’
उनले सन्दीपलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । तर सन्दीपले ‘एकछिन एकछिन’ भन्दै ढिला गरेको पीडितको भनाइ छ ।
झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्रस्ताव गरेको उनको बयान छ । त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए । पीडितले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीको भनाइ छ ।
राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट सीसी टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।
प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।
नेपाल क्रिकेट संघले ४ पुस २०७८ मा लामिछानेले राष्ट्रिय क्रिकेट टिको कप्तान नियुक्त गरेको थियो । उनी २५ वर्षका छन् ।
क्रिकेटका कप्तान लामिछाने बिरुद्ध किशोरीमाथि जर्वजस्ती करणीको जाहेरी दर्ता
क्रिकेटका कप्तान लामिछाने बिरुद्ध किशोरीमाथि जर्वजस्ती करणीको जाहेरी दर्ता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु