पोखरा – पोखरालाई कर्मथलो बनाएर लामो समयदेखि विरामीको सेवामा समर्पित वरिष्ठ जनरल फिजिसियन डा. कुमार समशेर राणाको ८५ बर्षको उमेरमा निधन भएको छ ।
उच्चरक्तचाप, मधुमेह, निमोनियावाट पीडित डा. राणाको पोखराको फेवासिटी अस्पतालमा उपचारकोक्रमा निधन भएको हो । पाँच दिनअघिदेखि फेवासिटीको सघन उपचार कक्षमा उपचार गराइरहेका डा. राणाको शुक्रवार विहान मृत्यु भएको उपचारमा संलग्न प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. बुद्धिबहादुर थापाले वताए ।
पाल्पामा जन्मिएर पनि पोखरामा बसेर करिव ६० दशकदेखि विरामीको सेवामा समर्पित डा. राणा सरल, मृदृभाषि चिकित्सकका रुपमा परिचित थिए ।. भारतको नौनिताल स्थित विरला विद्या मन्दिरवाट बिद्यालयस्तरको शिक्षा पुरा गरेका राणाले सन् १९६२ मा भारतको किंग जोर्जेज मेडिकल कलेजवाट एमवीवीएस पास गरेका थिए ।