चितवन- बाघको आक्रमणबाट चितवनको माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको मृत्यु भएको छ ।
मध्यवर्ती सामुदायिक वनमा भैसी चराउन गएका अधिकारीको शव आईतवार विहान साढे ८ बजेतिर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले शनिवार भैसी चराउन गएदेखि वेपत्ता अधिकारीलाई बाघले आक्रमण गरेको वताए ।
अधिकारीको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा लगिएको छ ।
चितवनको माडीमा बाघको आक्रमणबाट वृद्धको मृत्यु
चितवनको माडीमा बाघको आक्रमणबाट वृद्धको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु