कीर्तिपुर – मिटरव्याजका कारण उठिवास भएर न्याय खोज्न राजधानी काठमाडौं आईपुगेका पीडितहरुमाथि राज्यले प्रहरी लगाएर वर्वर दमन गरेको छ ।
माईतीघर मण्डलामा ६ सातादेखि न्यायको माग गर्दै शान्तिपूर्ण प्रर्दशनमा वसेका मिटरव्याजि पीडितहरुलाई प्रहरीले रगताम्य हुने गरी निर्घात कुटपीट गरेको हो ।
प्रहरीको कुटाईवाट आधा दर्जन भन्दा बढि पीडितहरुको टाउको फुट्नुको साथै शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको छ ।
तराईका विभिन्न स्थानमा गाउँकै सामन्त र ठुलाठालुहरुवाट घर खर्चका लागि ऋण लिदा मिटर व्याज लगाएर उठिवास पारिएकाहरु सत्तामा वसेर देश हाँक्नेहरुको राजधानीमा रगताम्य हुने गरी कुटिएपछि कतिपय वेहोस भएका थिए भने पीडितहरुवीच रुवावासी मच्चिएको थियो ।
कीर्तिपुरमा अस्थायी रुपमा बसी ४१ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा बसिरहेका वेला प्रहरी खनिएको थियो ।
निर्घात कुटपीट गरेपछि प्रहरीले २० प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुरमा राखिएको प्रहरी नायव उपरीक्षक पुरूषोत्तमप्रसाद पाण्डेले बताए ।