धादिङ – पृथ्वीराजमार्गको धादिङ गजुरीखण्डमा बसको ठक्करवाट एक बिद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
गजुरी बजारमा रहेको आर्दश माध्यमिक विद्यालयका ६ वर्षीय छात्र विजय परियारको मृत्यु भएको हो । उनी १ कक्षामा पढ्थे । परियारलाई जेव्राक्रसबाट सडक पार गरिरहेका वेला बसले ठक्कर दिएको थियो ।
काठमाडौंवाट गोरखा जादै गरेको ग १ ख ४५६५ नम्वरको वसले विहान साडे नौ बजेतिर जेव्राक्रसमा ठक्कर दिएपछि बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि आक्रोशित बनेका स्थानीयवासीले ठक्कर दिने बसमा आगजनी गर्दै अहिले पृथ्वीराजमार्गको गजुरीखण्डमा चक्काजाम गरेका छन । प्रर्दशनकारीहरुले बालकको शव सडकमै राखेर नारावाजी गरेका छन ।
पीडितहरुले दोषिमाथि कार्वाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै नारावाजी गर्दै वाटो अवरुद्ध गरेपछि पृथ्वीराजमार्गको गजुरीखण्डमा शयौं सवारी साधन जाममा परेका छन ।
प्रहरीले विद्यार्थीको शव उठाएर बाटो खुलाउन खोजेपछि बिद्यार्थी र स्थानीयवासीले विरोध गर्दै ढुंगामुढा गरेपछि गजुरीवजारमा तनावग्रस्त बनेको छ ।
ज्रेब्राक्रसमै हिडेका बिद्यार्थीको बसको ठक्करवाट मृत्यु
ज्रेब्राक्रसमै हिडेका बिद्यार्थीको बसको ठक्करवाट मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु