हेटौंडा – मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनाका घाईतेहरुलाई अहिले स्थानीयवासी र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ । जुरिखेतमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुने २ जनाको सनाखत भएको छ । अरु ५ जनाको अझै सनाखत भएको छैन ।
सनाखत हुनेमा नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराको झिप्कैयाका ३३ वर्षे अन्दुवा मियाँ ठकुराई रहेका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
भीमफेदी गाउँपालिका ६ जुरिखेतको एघार घुम्तीको ओरालोको घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
बस दुर्घटनाले अहिले हेटौंडा कुलेखानी अन्तर्गत छोटो मार्ग अवरुद्ध भएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेको छ । गौतमले भने–‘उद्दार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालेका छौं ।’