काठमाडौँ – यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई प्रदान गरिने भएको छ । रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
नोबेल कमिटीले यो वर्षको शान्ति पुरस्कार नागरिक समाजलाई प्रतिनिधिहरूलाई प्रदान गरिएको जनाएको छ । ुउनीहरूले वर्षौंदेखि शक्तिको आलोचना गर्ने अधिकारको प्रवर्द्धन र नागरिकको आधारभूत मानवअधिकारको संरक्षण गर्दै आएका छन्‚ु पुरस्कार कमिटीले भनेको छ, ुउनीहरूले युद्ध अपराध, मानवअधिकार उल्लंघन र शक्तिको दुरुपयोग सम्बन्धलाई दस्तावेजीकरण गर्न विशिष्ट भूमिका खेल्दै आएका छन् ।ु
उनीहरूले शान्ति तथा प्रजातन्त्रका लागि नागरिकता समाजको महत्त्वलाई प्रदर्शित गरेको कमिटीले जनाएको छ ।
मानवाधिकार तथा प्रजातन्त्रलाई विकसित गर्न युक्रेनी मानवअधिकार संस्था सेन्टर फर सिभिल लिबर्टी स्थापना गरिएको हो । यसै वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसबाट भएका मानवाधिकार उल्लंघनका घटनाहरूको दस्तावेजीकरण गर्दै आएको छ ।
सन् १९८७ मा स्थापना भएको मेमोरियलले तत्कालीन सोभियत संघ कालमा कम्युनिस्ट शासनको दमनमा परेकाहरूलाई बिर्सन नदिने भूमिका खेलेकाले उक्त संस्थालाई यो पुरस्कार दिइएको जनाइएको छ ।
नोबेल शान्ति पुरस्कार बेलारुसका एलेस र युक्रेन तथा रुसको दुई मानवअधिकारवादी संस्थालाई
नोबेल शान्ति पुरस्कार बेलारुसका एलेस र युक्रेन तथा रुसको दुई मानवअधिकारवादी संस्थालाई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु