काठमाडौं – सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको हत्यामा संगठनभीत्रैका व्यक्तिको संलग्नता देखिएको छ।
प्रहरीले बोर्डर आउट पोस्ट छिन्नमस्तामा कार्यरत असई यादवको हत्यामा संलग्नता देखिएको भन्दै सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई पक्राउ गरेको छ।
जवान खत्री पनि यादवसँगै त्यही बीओपीमा कार्यरत थिए।
बोर्डर आउट पोस्ट बीओपी छिन्नमस्तामा कार्यरत असई यादव नेपाल(भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ असोज २० गते मृत फेला परेका थिए।
यस्तै घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालयले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्कालाई हेडक्वार्टर तानेको छ।
हत्यामा सशस्त्र प्रहरी जवानले युवतीको प्रयोग गरेर हत्या गराएको प्रहरीको अनुमान छ।
बोर्डरमा तस्करको समेत संलग्नता रहेको आशंकासहित प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
शशस्त्रका असईको हत्या अभियोगमा जवान पक्राउ
शशस्त्रका असईको हत्या अभियोगमा जवान पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु