फेसन डिजाइनर छु यानको स्टुडियोमा परम्परागत खुकुलो चीनियाँ पोशाकहरू सजिएका देखिन्छन् जुन मध्ये एउटा शीतकालिन बेइजिङ ओलम्पिकमा चर्चित बनेको थियो ।
छु परम्परागत चीनियाँ कपडाहरूलाई पुनर्उत्थान गर्ने र प्राचिन वस्तुहरूलाई आधुनिक स्वरुप प्रदान गर्ने कामको लागि चिनिन्छिन् । उनी बेइजिङ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा अभ्यापन गर्नुको साथै आफ्नै स्टुडियो पनि सञ्चालन गर्छिन् ।
शीतकालिन बेइजिङ ओलम्पिकको पदक समारोहको डिजाइनमा पनि उनले काम गरेकी थिइन् । यसका लागि उनले कुनैवेला प्राचिन माटोले वनेको वस्तु (सेरामिक्स) मा पाईने ‘बाव सियाङ्ग हुवा’ अर्थात फूल, पतिङ्गर र वटारिएको कागजवाट हाइव्रिड पुष्प लहर तयार गरी त्यसमा हिमकणको तस्वीर मिसाएर डिजाइन तयार पारिन् ।
शीतकालिन बेईजिङ्ग ओलम्पिक एउटा अन्तर्राष्ट्रिय मञ्च हो र जसले “आधुनिक चीनियाँ सौन्दर्यलाई संसारसामु ल्याउन सकिने” कुरामा उनी विश्वास गर्छिन् । “म १२ वर्षको हुँदा नै फेसनको वारेमा पत्रिका (म्यागेजिन) मा लेखिएको कुराहरू पढ्न निकै मन पराउँथे र आफ्नो जीवनको लक्ष्य नै डिजाइनर बन्ने राखें,” उनले भनिन् । विभिन्न देशबाट फेसनको वारेमा गहिरो अध्ययन गरेपछि उनमा परम्परागत चीनियाँ पोशाकमाा रूची बढ्यो ।
परम्परागत चीनियाँ शैली र संस्कृति समेटिएको घरेलु व्राण्ड र उत्पादनको लोकप्रियता बढेसंगै छुको पेशा (करिअर) विगत एक दशकमा निकै फस्टायो । यो रुझानलार्ई ‘गुओ छाओ’ वा ‘चाइना चिक’ भनिन्छ ।
नयाँ पुस्ताका डिजाइनरले उच्च लक्ष राख्नु पर्छ । चीनियाँ सौन्दर्यलाई संसारसामु देखाउने मात्र होइन विश्व फेसनलाई नै नेतृत्वगर्ने उद्धेश्य राख्नुपर्छ,” उनले भनिन् ।
गत साल माघ २२ गते (फेब्रुअरी ५ २०२२ मा) चीनको राजधानी बेइजिङमा आयोजित शीतकालिन बेइजिङ्ग ओलम्पिक–२०२२ को पदक वितरण समारोहमा सहभागी एकजना कर्मचारी परम्रागत चीनियाँ पहिरनमा । (सिन्ह्वा/उ चुवाङ्ग)
थप राम्रोको लागि परिवर्तन
विगत एक दशकमा चीनियाँ नागरिकले के लगाउँछन् भन्ने कुरामा निकै परिवर्तन आएको छ । ठूला फेशन कम्पनीहरूले उत्पादन गर्ने महङ्गा कपडा बेच्ने पसलहरूमा सौखिन ग्राहकको कमी पनि छैन ।
दीर्घकालिन आकर्षणको सूचीमा थपिएको बाहिर लगाउने खुला पोशाक (रोब्स) र ताङ्ग सुटमा ‘हान्फु’ पनि थपिएको छ जुन एउटा परम्परागत कपडा हो ।
एक अनुसन्धान संस्था ‘आई आई मिडिया रिसर्च’ को तथ्याङ्क अनुसार हान्फुको व्यापार सन् २०१५ देखि २०२० सम्ममा १९ करोड युआन (२ करोड ६७ लाख अमेरिकी डलर) बाट नाटकीय रुपमा बढेर ६ अर्ब ३६ करोड युआन पुगेको थियो । हान्फुको वजार विस्तारमा सामाजिक सञ्जाल प्रभावक र लाईभ स्ट्रिमरको पनि ठूलो योगदान रहेको छ । उनीहरू हान्फु लगाई ऐतिहासिक नाटक मञ्चनको सेटवाट बाहिर निस्किए जसरी प्रस्तुत हुन्छन् ।
“अहिले चीनियाँ संस्कृतिको सम्पन्न माटोमा आधुनिक पुनर्जागरण फक्रिरहेको देखिएको छ । कपडा उद्योगले पक्कै पनि अझ धेरै मौलिक सृजनाहरू देख्ने छ,” बेइविङ्ग टेक्सटाइल तथा गार्मेन्ट संघका उपनिर्देशक वाङ्ग वेनसेङ्ग भन्छन् ।
चीनको कुल ग्राहस्थ उत्पादन सन् २०१२ मा ५० खर्ब युआनबाट दोब्बर भन्दा पनि बढी बढेर ११४ खर्व युआन पुगेको छ । दशवर्ष पहिला चीनियाँ नागरिकको प्रतिव्यक्ति आय ६,००० अमेरिकी डलर थियो जुन गत वर्षसम्ममा बढेर १२,००० डलर पुगेको छ । वढ्दो आयका कारण मासिसहरूले छनौटको विविधता धान्न सकेका छन् ।
सियाबु सियाबुको हटपट चेन (सञ्जाल)मा काम गर्ने चाङ्ग यानमेइ, हटपट सुपमा आएको परिवर्तन सम्झिदै यसो भन्छन्- “केही वर्षअघिसम्म सुपका धेरै स्वादहरू (फ्लेवर) उपलब्ध थिएनन् । अहिले हामीसँग थाई टम युम कुङ्ग फ्लेवर, इष्डियन करी फ्लेवर र अझ डुरियन चिकन फ्लेवरका साथै लगभग सबै फ्लेवर तपाईको ढोकामै पुर्याउन सकिन्छ,” उनी भन्छिन् ।
“क्याटरिङ्ग उद्योगमा पनि नयाँ ब्राण्ड र चेन (सञ्जाल) हरू थपिइरहेका छन् र व्यापार विदेशतिर पनि वृद्धि भईरहेको छ,” उनी भन्छिन् ।
विगत एक दशकलाई फर्केर हेर्दा, मानिसको भ्रमण गर्ने र वरीपरी घुम्ने शैलीमा पनि परिवर्तन भइरहेको छ । कोइलामा धनी उत्तरी चीनियाँ प्रदेश शान्सीको सदरमुकाम ताईयुआन का वासिन्दा चाओ चिरोङ्गले पछिल्लो समय विद्युतीय कारको संख्यामा व्यापक विस्तार भएको देखेका छन् । यो वर्ष जुन महिनासम्म चीनमा एक करोड नयाँ विद्युतीय गाड्रीहरू थिए ।
चाओले पनि आफ्नी श्रीमतीको यात्रा तथा बच्चालाई विद्यालय पुर्याउनको लागि एउटा विद्युतीय गाडी किनेका छन् । “धेरै मानिसहरूले विद्युतीय गाडी किनिरहेका छन् । ती निकै सुविधाजनक पनि छन्, उनी भन्छन् ।
तिब्र गतिको रेलवे सेवा अर्को क्षेत्र हो जसले चीनको यातायातको क्षेत्रमा निकै ठुलो फड्को मारिरहेको छ ।
“चीनियाँ तिब्र गतिको रेलवे प्रविधिले साधारण जनतालाई सुविधा पुर्याउन (यातायातका) नयाँ सिमाहरू भत्काईरहेको छ,,” बेइजिङ्ग जियाओटोङ्ग विश्वविद्यालयका अन्तर्गत स्कूल अफ सिभिल इञ्जिनियरिङ्गका प्रमुख गाओ लियाङ्ग भन्छन् ।
सन् २०१२ देखि सन् २०२१ को अन्तसम्म चीनको रेलवे र हाइवे (सडक) को कुल लम्वाई ११ लाख किलोमिटर बढेको तथ्याङ्कले देखाउँछ ।
यस वर्षको भदौ १२ गते (अगष्ट २८, २०२२) मा पुर्वी चीनको साङघाइमा आयोजित मध्य शरद चाड (मिड अटम फेस्टिभल)मा परम्परागत चीनियाँ पहिरन हानफुमा सजिएकी एकजना पर्यटक फोटोको लागि पोज दिंदै । (सिन्हवा/छेन फेइ)
विकासको नियम
“आविस्कारमुखी, समन्वयात्मक, हरित ,खुल्ला र साझा विकासले विगतको एक दशकलाई डोर्याएको छ । यसले चीनको सामाजिक तथा आर्थिक विकासमा निकै ठुलो परिवर्तन ल्याएको छ,” पेकिङ्ग विश्वविद्यालयका प्राध्यापक गु हाइलियाङ्ग भन्छन् ।
“विकासको यो अवधारणको विस्तृत तथा इमान्दार कार्यान्वयनमार्फत चीन उच्च गुणस्तरको विकास थपअघि बढ्नुका साथै उसले आफ्नो प्रतिस्पर्धात्मक क्षमता पनि बढाउँदै लग्ने छ,” उनी भन्छन् ।
महामारीको वीचमा पनि चीन यो वर्षको जनवरी देखि जुन महिनाको विचमा २.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सफल भयो । चीन थप आर्थिक पुनर्उत्थान दिशामै रहेको देखिन्छ ।
सन् २०१२ देखि यता मात्र चीनले करिव १० करोड ग्रामिण वासिन्दालाई चरम गरिवीको रेखाबाट मुक्त गर्न सफल भएको छ । यसको लागि गरिएको प्रमुख कामहरूमा ९६ लाख मानिसहरूलाई कम जनघनत्व भएको स्थानबाट सुविधा सम्पन्न वातावरण भएको स्थानमा स्थान्तरण गरेको थियो ।
गरिवी विरुद्धको चीनको अभियानले मानब इतिहासमै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ, । यसले पार्टी (चीनियाँ कम्युनिष्ट पार्टी) नेतृत्वको वल, यसको जनता केन्द्रित सिद्धान्तको प्रभावकारिता र साँगठनिक शक्ति जनाउने अवलोकनकर्ताहरूको भनाई छ ।
राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको लागि तयार पारिएको १४ औ पञ्चवर्षिय योजना (२०२१–२०२५) र दिर्घकालिन लक्ष्य –२०३५ मार्फत चीनले आगामी वर्षहरूमा पनि जनता केन्द्रित दृष्टिकोणलाई निरन्तरता दिने पुनर्प्रतिवद्धता जनाएको छ । यो दृष्टिकोणमार्फत चीनले विकास जनताको लागि र जनतामै आधारित विकास र यसको फल पनि सबै जनताले नै पाउने कुरामा जोड दिएको छ ।
आगामी दिनको लागि चीनले विकासको नयाँ लक्ष्यहरू राख्नुको साथै साझा समृद्धि हासिल गर्ने कुरालाई आफ्नो नीतिको केन्द्रविन्दुमा राखेको छ । यसको अर्थ हो चीनको सम्वृद्धिवाट सवै जनताले फाइदा लिन सकुन् ।
“चेजियाङ्ग प्रान्तले कसरी साझा समृद्धि हासिल गर्ने भन्ने कुरामा उदाहरणीय बनेको छ र सो दिशामा निरन्तर अगाडि बढिरहेको छ,” चेजियाङ्ग गोङ्गशाङ विश्वविद्यालयका अध्यक्ष यु जियानसिङ भन्छन् ।
“चेजियाङ्गको अभ्यासहरूले हामीलाई साझा समृद्दि हासिल गर्नु भन्नुको मतलव के हो भन्ने कुरा गहिराईमा बुझ्न मद्दत गर्नुको साथै लक्ष्य हासिल गर्ने जमीन तयार गर्न पनि सघाउ पुर्याएको छ,” उनी भन्छन् ।
यस सालको असार ६ गते (जुन २०, २०२२) मध्ये वेइजिङ–ग्वाङचाओ हाइ स्पिड रेलवेको बेइजिङ–उहान खण्डमा चल्दै गरेको एक हाइ स्पिड रेल । उहान मध्य चीनको हुवेई प्रान्तमा पर्दछ । सिन्ह्वा/सियाओ यीजीउ)
यस वर्ष वैशाख १३ (अप्रिल २६, २०२२) गते हवाइजहाजबाट लिइएको यो फोटोमा नदीको किनारमा अवस्थित पुर्वी चीनको हाङचाउ स्थित छाङगुवा शहरको दृश्य देखिन्छ । यो शहर पूर्वी चीनको चेजियाङ्ग प्रान्तमा पर्दछ । (सिन्ह्वा/सु यु)